← समाचारमा फर्कनुस्
स्वीडेन र जर्मनी नकआउट चरणमा प्रवेश

स्वीडेन पोल्याण्डलाई पराजित गर्दै युरो २०२५ को नकआउट चरणमा प्रवेश गरेको छ। स्वीडेनले पोल्याण्डलाई ३-० गोलले पराजित गरेको हो।
खेलको २८ मिनेटमा जोहाना रिटिंग कनेरिडको क्रसमा स्टिना ब्ल्याकस्टेनियसले हेड गर्दै गोल गरेको थियो।
त्यस्तै खेलको ५२औं मिनेटमा कोसोभारे अस्लानीले गोल दर्दैखेल २-० को अग्रता दिलाइन।
आर्सनलले हालै रिलिज गरेको लीना हर्टिगले ७७ औं मिनेटको कर्नरमा हेडर गोल गर्दै स्वीडेनको जित सुनिश्चित गरिन्।
यो जितसंगै स्वीडेन र जर्मनी ६-६ अंक रहेको छ। गोल अन्तरका कारण स्वीडेन पहिले र जर्मनी दोस्रो स्थानमा रहेको छ । जर्मनी मंगलबार डेनमार्कलाई २-१ ले पराजित गरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |