← समाचारमा फर्कनुस्
Football Jan 12, 2026 · Swadesh

सुपरकपको उपाधि बार्सिलोनालाई

सुपरकपको उपाधि बार्सिलोनालाई

राफिन्हाले ७३ औं मिनेटमा गरेको निर्णायक गोलको मदतले बार्सिलोनाले रियल म्याड्रिडलाई ३–२ ले पराजित गर्दै आइतबार स्पेनिस सुपरकपको उपाधि जितेको छ । बार्सिलोनाका लागि उनले दुई गोल गरे ।


अर्का एक गोल भने रोबर्ट लेवनडोस्कीको नाममा रह्यो । दस खेलाडीमा सीमित बार्सिलोनाविरुद्ध रियलका तर्फबाट भिनिसियस जुनियर र गोन्जालो गार्सियाले गोल गरे ।


बार्सिलोनाले सुपरकपको उपाधि जितेको यो कीर्तिमान १६ औं पल्ट हो । केयलिन एमबापेमाथि गरेको फलका लागि फ्रेन्क डे जोङ रातो कार्डमा मैदान छाड्न बाध्य रहे । अब बार्सिलोनाको ध्यान स्पेनी ला लिगाको उपाधि जित्नेमा रहनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →