← समाचारमा फर्कनुस्
सन्डरल्यान्डसँग आर्सनलको बराबरी

ब्रायन ब्रोबेयीले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरेपछि सन्डरल्यान्डले इंग्लिस प्रिमियर लिगमा शनिबार आर्सनललाई २–२ को बराबरीमा रोकेको छ । बराबरीमा बावजुत आर्सनल २६ अंकमा पहिलो स्थानमा छ ।
चेल्सी भने २० अंकमा दोस्रो स्थान उक्लिन सफल रह्यो । उसले अर्को खेलमा पुछारको उल्भ्सलाई ३–० ले हरायो । स्टेडियम अफ लाइट्समा सन्डरल्यान्ड ड्यानिएल बालार्डको गोलले पहिलो हाफमा अग्रता लिएको थियो ।
त्यसपछि दोस्रो हाफमा आर्सनलका तर्फबाट बुकायो साका र लियानड्रो ट्रोसार्डले गोल गरे । सन्डरल्यान्ड भने १९ अंकमा चौथो स्थानमा पुगेको छ । अन्य खेलमा एभरटनले फुलहमलाई २–० र वेस्ट ह्यामले बर्नलीलाई ३–२ ले हरायो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |