सन्डरल्यान्डको रेलिगेसनबाट बच्ने संघर्ष

(सन्डरल्यान्ड हो, इंग्लिस प्रिमियर लिगका २० टिममध्ये चर्चा गर्न लागेको १७ औं टिम । यो क्लब पनि आफैमा लामो इतिहास बोकेकोमा पर्छ ।)
यसपल्ट बढुवा भएर इंग्लिस प्रिमियर लिगमा उक्लेका तीन टिममध्ये सन्डरल्यान्ड पनि एक हो । दोस्रो डिभिजनको च्याम्पियनसिपमा चौथो स्थानमा आएको सन्डरल्यान्ड प्ले–अफको बाटो भएर प्रिमियर लिग पुगेको हो । माथिल्लो डिभिजनमा उक्लेयता उसको एउटै उद्देश्य हुनेछ, रेलिगेसनबाट बच्ने ।
प्रिमियर लिग कति धेरै निर्दयी छ भने यसमा जो उक्लिन्छ, त्यही फेरि झर्ने पनि हुन्छ । सन्डरल्यान्डको डर पनि यही हो । यस्तो भन्दैमा यो क्लब त्यसै चुपचाप पनि बसेको छैन्, बरू सक्दो आफूलाई बलियो बनाउने प्रयास गरेको छ । सन्डरल्यान्डले अबको सिजनका लागि मात्र भनेर ११ खेलाडीलाई अनुबन्ध गरेको छ ।
त्यसका लागि भनेर मात्र १३ करोड पाउन्ड भन्दा बढी खर्चिसकेको छ । तर उसलाई पनि के थाहा छ भने धेरै खर्च गर्दैमा प्रिमियर लिगमा बच्ने भन्ने पनि हुन्न, इतिहासले यस्तै भन्छ । क्लबका प्रशिक्षक हुन्, रेगिस ली ब्रिस । उनी भर्खर ४९ वर्षका मात्र भए ।
अर्को रमाइलो तथ्य के भने सन्डरल्यान्डका मालिक हुन्, स्विस–फ्रेन्च व्यवसायी क्लिरिल लुइस–ड्रेफुस र यिनको उमेर हो, मात्र २७ वर्ष । यति भन्दा भन्दै सन्डरल्यान्ड साँच्चै लामो इतिहास भएको क्लब हो, अनि सफलमध्ये एकमा पर्ने पनि । उसका लागि यो सिजन रेलिगेसन बचाउन सके, त्यो राम्रै उपलब्धी हुनेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |