← समाचारमा फर्कनुस्
Football Sep 28, 2025 · Swadesh

सन्डरल्यान्डको चौथो स्थानमा छलाङ

सन्डरल्यान्डको चौथो स्थानमा छलाङ

इंग्लिस प्रिमियर लिगमा सन्डरल्यान्डले शनिबार नटिङघम फरेस्टलाई १–० ले हराएको छ र यससँगै ११ अंकमा चौथो उक्लेको छ । यसपल्ट बढुवा भएको सन्डरल्यान्डलाई रेलिगेसनको दावेदार मानिएको थियो ।


तर उसको अहिलेसम्मको प्रदर्शन राम्रो रहेको छ । सन्डरल्यान्डको अहिलेको जितमा ओमर एल्डरेटले पहिलो हाफको ३८ औं मिनेटमा निर्णायक गोल गरे ।


अर्को खेलमा टोटनहमले खेलको अन्त्यतिर जाओ पाल्हिन्हाले गरेको गोलको मदतले उल्भ्सलाई १–१ को बराबरीमा रोक्यो । लिग तालिकाको अन्तिम स्थानको उल्भ्सले सान्टियागो बुएनोको गोलले ५४ औं मिनेटमा अग्रता लिएको थियो ।


यो नतिजासँगै उल्भ्सले यसपल्टको लिगमा पहिलो अंक बटुल्न सफल रह्यो । टोटेनहम भने ११ अंकमा तेस्रो स्थानमा रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →