TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Top Headlines Jul 03, 2026 · Swadesh

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : दीपेन्द्र र मानमती उत्कृष्ट

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : दीपेन्द्र र मानमती उत्कृष्ट

काठमाडौं। ‘सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’मा वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका दिपेन्द्रसिंह ऐरी र महिलातर्फ कबड्डीका मानमती बिष्ट उत्कृष्ट घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको कार्यक्रममा ऐरी र बिष्ट उत्कृष्ट भएका हुन् । 

पुरुषतर्फ भारोत्तोलक अशोक भण्डारी र राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर हेमन्त धामी तथा महिलातर्फ दृष्टिविहीन क्रिकेटकी पुनम चौधरी र फुटबलकी मिना देउवा मनोनयनमा परेका थिए । 

यस्तै वर्ष प्रशिक्षक कबड्डीका विष्णुदत्त भट्ट, वर्ष युवा खेलाडी एथलेटिक्सका बिक्रम नाथ, सुदूरपश्चिम आइकन पुरुषतर्फ भारतोलनका  अशोक भण्डारी र महिलातर्फ एथलेटिक्सका पुजा साउद भएका छन् । 

यस्तै क्रिकेटका शेर मल्लले स्पेशल अवार्ड पाएका छन् भने लाइफटाइम एचिभमेन्ट अवार्ड मरणोपरान्त सुरेश हमाललाई प्रदान गरिएको छ । 

अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) थियो भने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रवर्द्धकका रूपमा साथ दिएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group D
1 United States 3 6
2 Australia 3 4
3 Paraguay 3 4
4 Turkey 3 3
सबै समूह →