← समाचारमा फर्कनुस्
Football Jul 03, 2026 · Swadesh

स्पेनको १६ वर्षयता पहिलो नकआउट चरणको जित

स्पेनको १६ वर्षयता पहिलो नकआउट चरणको जित

स्पेनले विश्वकप २०२६ मा बिहीबार लस एन्लजलसमा अस्ट्रियालाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । स्पेनले विश्वकपको नकआउट चरणमा जित निकालेको यो सन् १६ वर्षयता पहिलो पटक हो । सन् २०१० मा स्पेनले विश्वकप उपाधि जित्दा अन्तिम पटक नकआउट चरणको जित हात पारेको थियो ।

विजयी टिमका लायग मिखेल ओयरजबलले ३६ र ८९ औं मिनेटमा दुई गेल गरे । यस्तै पेड्रो पेरोले ६६ औ मिनेटमा थप एक गोल गरे । अस्ट्रियाले पूर्व विश्वकप विजेता स्पेनसामु बलियो चुनौती पेस गर्न सकेन् र अन्तिम ३२ को चरणसम्म पुग्नु नै उसका लागि उपलब्धी रह्यो ।

यस विश्वकपमा स्पेनले अहिलेसम्म खेलेका चार खेलमा कुनै गोल खाएको छैन् र सबैमा क्लिन सिट राखेको छ । यस्तोमा स्पेनी गोलरक्षक उनइ सिमोनले उत्कृष्ट प्रदर्शनको क्रमलाई जारी राखेका छन् । अब स्पेनले स्पेनले पोर्चुगल र क्रोएसियाबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →