← समाचारमा फर्कनुस्
फाइनलमा इंग्ल्यान्डको भेट स्पेनसँग

वुमेन्स युरो २०२५ को फाइनल समीकरण पूरा भएको छ र त्यसमा भेट्दै छन्, अन्तर्राष्ट्रिय महिला फुटबलका दुई खास प्रतिद्वन्द्वी इंग्ल्यान्ड र स्पेन । अनि यो हुनेछ, सन् २०२३ को विश्वकप फाइनलको पुर्नरावृत्ति पनि ।
स्पेनले प्रतियोगिताको दोस्रो सेमिफाइनलमा जर्मनीलाई १–० ले पराजित गरेको हो । यो खेल पहिलो सेमिफाइनल जत्तिको नाटकीय भने रहेन् । तर ज्युरिचमा भएको खेल आफैमा टाइब्रेकरतर्फ अग्रसर थियो ।
त्यही बेला महिला फुटबलका अहिलेसम्मकै सबैभन्दा ठूला स्टार खेलाडीमध्ये एक आइटाना बोनमटीले निर्णायक गोल गरिन् । उनको गोल सम्भव भएको थियो, १ सय १३ औं मिनेटमा ।
पूरा खेल अवधिमा बार्सिलोकी बोनमटीको प्रदर्शन उत्कृष्ट रह्यो र यसक्रममा उनले प्रमाणित पनि गरिन्, किन उनी बेलन डे’अर विजेता खेलाडी हुन् भनेर । फेरि स्पेन युरोको फाइनल पुगेको यो नै पहिलो पटक हो ।
इतिहासमा फर्कने हो भने पछिल्लो विश्वकपमा स्पेनले इंग्ल्यान्डलाई सिड्नीमा हराएको थियो । अब इंग्ल्यान्डसामु त्यसको बदला लिने अवसर हुनेछ । स्पेनसामु भने बेजोड अवसर हुनेछ, एकै पल्ट विश्व र युरोको च्याम्पियन हुने अवसर ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |