समूह चरणमा स्पेनको शत प्रतिशत जित

काठमाडौं। युइएफए युरो २०२५ महिला फुटबल च्याम्पियनसिपमा उपाधि दाबेदार स्पेनले समूह चरणमा शत प्रतिशत जित हासिल गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार राति सम्पन्न खेलमा इटालीलाई ३–१ ले पराजित गर्दै स्पेन पहिलोपटक समूह चरणका सबै खेल जित्ने कीर्तिमान बनाएको हाे। यत, पराजित भए पनि इटाली क्वार्टरफाइनलमा पुगेको छ।
इटालीले खेलको १०औं मिनेटमै डिफेन्डर एलिसाबेटा ओलिभिएरोको गोलमार्फत अग्रता लिएको थियो। तर, स्पेनले त्यसको चार मिनेटमै बराबरी गर्यो।
४९औं मिनेटमा स्पेनले अग्रता लियो र अन्तिम थपिएको समयमा एस्थेर गोन्जालेजले गोल गर्दै स्पेनको जित सुनिश्चित गरिन्। जारी प्रतियोगितामा उनको यो चौथो गोल हो।
स्पेनले समूह चरणमा पोर्चुगललाई ५–० र बेल्जियमलाई ६–२ ले हराएको थियो। योसँगै स्पेनले समूह चरणमा इङ्ल्यान्डले गरेको १४ गोलको कीर्तिमान (युरो २०२२) बराबरी गर्यो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |