← समाचारमा फर्कनुस्
स्पेन सेमिफाइनलमा

काठमाडौँ। आयोजक स्वीजरल्याण्डलाई हराउँदै स्पेन महिला युरोकपको सेमिफाइनलमा पुगेको छ।
शुक्रबार राति सम्पन्न क्वाटरफाइनलको खेलमा स्पेनले स्वीजरल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।
स्पेनको जितमा एथेनिया डेल कास्टिलो र क्लाउडिया पिनाले एक एक गोल गरिन्। खेलको ९० मिनेटपछिको इन्जुरी समयमा स्वीजरल्याण्डकी नोएल मार्टिजले रातो कार्ड पाएकी थिइन्।
स्पेनले सेमिफाइनलमा फ्रान्स र जर्मनीबीचको विजेतासँग खेल्ने छ। यो सेमिफाइनल खेल जुलाई २३ मा हुने छ।
यसअघि इटाली र इङल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |