← समाचारमा फर्कनुस्
Football Jun 05, 2026 · Swadesh

स्पेन र इराक बराबरी रोकिए

स्पेन र इराक बराबरी रोकिए

काठमाडौं। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा स्पेन र इराकले १–१ गोलको बराबरी खेलेका छन्।


खेलको १६औं मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई सुरुआतफ अग्रता दिलाएका थिए। डानी ओल्मोको पासमा उनले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई १–० को अवस्थामा पुर्‍याए।


तर, २७औं मिनेटमा मेर्चास डोस्कीले गोल गर्दै इराकलाई खेलमा फर्काए। अकाम हाशिमको पासमा डोस्कीले टाढाबाट गरेको प्रहार गोलमा परिणत भएपछि खेल १–१ को बराबरीमा पुगेको थियो।


बराबरी गोलपछि दुवै टोलीले थप अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। दोस्रो हाफमा दुवै टोलीले धेरै परिवर्तन गर्दै नयाँ खेलाडी मैदानमा उतारेका थिए। 


निर्धारित समयभर दुवै टोलीले गोलका लागि संघर्ष गरे पनि थप गोल निस्कन नसक्दा खेल १–१ को बराबरीमा सकिएको हो। फिफा विश्वकप अघि मैत्रीपूर्णले दुवै टाेलीले केहि हैसियका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →