← समाचारमा फर्कनुस्
दक्षिण एसियाली देशमध्ये श्रीलंकाको मात्र जित

एसियाकप छनोटको बिहीबार भएका खेलमा दक्षिण एसियाली देशमध्ये श्रीलंकाले मात्र जित हात पारेको छ । अब्दुल्ला अल्मुताइरीको नेतृत्वमा रहेको श्रीलंकाले समूह ‘डी’ मा तुर्किमिनिस्तानालई १–० ले हरायो ।
त्यसमा लियोन परेसाले एक मात्र निर्णायक गोल गरे । श्रीलंकाको तीन खेलबाट छ अंक भएको छ । बलियो तुर्किमिनिस्तान भने समान छ अंकमा शीर्ष स्थानमा छ । थाइल्यान्ड छ अंकमै तेस्रो स्थानमा छ ।
समूह ‘ए’ मा माल्दिभ्स ताजाकिस्तानको हातबाट २–० ले पराजित रह्यो । लेवनानले समूह ‘बी’ मा भुटानलाई २–० ले पराजित गर्यो । बंगलादेश भने समूह ‘सी’ मा हङकङसँग सात गोलको रोमाञ्चक खेलमा ४–३ ले पछाडि पर्यो ।
समूह ‘सी’ मा भारतले सिंगापुरसँग १–१ को बराबरी खेल्यो भने पाकिस्तान र अफगानिस्तानले समूह ‘ई’ मा गोलरहित बराबरीमा चित्त बुझाए । नेपाल समूह ‘एफ’ मा भियतनामसँग ३–१ ले हारेको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |