TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 12, 2025 · Swadesh

सिन्धुपाल्चोक एफसी र नेपालगञ्ज ‘सी’ डिभिजनमा बढुवा

सिन्धुपाल्चोक एफसी र नेपालगञ्ज ‘सी’ डिभिजनमा बढुवा

काठमाडौं। सिन्धुपाल्चोक एफसी र नेपालगञ्ज ११ स्पोर्टिङ क्लब ‘सी’ डिभिजनमा बढुवा भएको छ।


सातदोबाटोस्थित एन्फा कम्लेक्समा शुक्रबार सम्पन्न सेमिफाइनलमा सिन्धुपाल्चोकले नव शिवशक्ति युवा क्लब र नेपालगञ्ज ११ ले मसुरिया फुटबल एकेडेमीलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्। फाइनलमा पुग्ने क्लब नै ‘सी’ डिभिजनमा बढुवा हुने प्रावधान छ।


पहिलो सेमिफाइनलमा नेपालगञ्ज ११ ले मिसुरियालाई १–० ल‍े पराजित गर्‍यो। नेपालगञ्ज ११ को जितमा खेलको ११औं मिनेटमा रोशन भुजेलले गरेक गोल नै निर्णायक बन्यो।


अर्को सेमिफाइनलमा भने सिन्धुपाल्चोकले शिवशक्तिलाई ४–२ ले पाखा लगायो। सिन्धुपाल्चोकको जितम अलिक श्रेष्ठ र निशान राईले समान २ गोल गरे।


शिवशक्तिका सुजनविक्रम लिम्बू र अभिषेक कुमारले समान १ गोल गरे। तर, टोलीलाई पर्याप्त रहेन।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →