← समाचारमा फर्कनुस्
श्रीकुमारीमाथि ब्वाइज युनियनको सहज जित

काठमाडौं। ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सहज जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार सम्पन्न खेलमा ब्वाइज युनियनले श्रीकुमारी क्लबलाई ५–३ ले पराजित गरेको हो।
ब्वाइज युनियनको जितमा दिव्यविक्रम चौधरीले दुई गोल गरे। सुजित बूढाथोकी, विनोद राई र सुशान्त लामाले समान एक गोल थपे।
कुमारीका पाल्देन तामाङ, अरुण शाह र यमन महर्जनले गोल गरे पनि हारबाट जोगाउन सकेनन्।
यो नतिजासँगै तेस्रो स्थानमा उक्लिएको ब्वाइज युनियनले ११ खेलबाट १८ अंक पुर्याएको छ। समान खेलबाट कुमारीको १३ अंक छ। कुमारीलाई अझै रेलिगेसनको खतरा यथावत् छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |