← समाचारमा फर्कनुस्
सरस्वतीमाथि जित हासिल गर्दै श्री कुमारी रेलिगेसनबाट जोगियो

काठमाडौं। श्री कुमारी क्लब सहिद स्मारक बी डिभिजन लिगमा रेलिगेसनबाट जोगिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा सरस्वती युथ क्लबमाथि कुमारीले २–० ले पराजित गरेको हो।
कुमारीको जितमा यमन महर्जन र मौसम राईले गोल गरे।
खेलको ४४औं मिनेटमा यमनको गोलमार्फत कुमारीले सुरुआती अग्रता लिएको थियो।
९०औं मिनेटमा मौसमले गोल गर्दै कुमारीको सहज जित सुनिश्चित गरे।
जितसँगै कुमारीले १२ खेलबाट १६ अंक पुर्याएको छ।
सरस्वतीको समान खेलबाट १५ अंक छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |