← समाचारमा फर्कनुस्
श्री भगवती 'ए' डिभिजनमा बढुवा

काठमाडौं। श्री भगवती क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार सम्पन्न खेलमा भगवतीले ब्वाइज युनियन क्लबलाई २–१ ले पराजित गरेको हो। भगवती शीर्ष डिभिजनमा उक्लिने दोस्रो क्लब हो। यसअघि नै प्लानिङ ब्वाइज शीर्ष डिभिजनमा उक्लिसकेको छ।
भगवतीको जितमा शिशिर लेखी र अजित लामाले गोल गरे। ब्याइजका सञ्जीव लामाले गरेको गोल सान्त्वना रह्यो।
खेलको छैटौं मिनेटमै शिशिरको गोलमार्फत भगवतीले सुरुआती अग्रता लिएको थियो। ३८औं मिनेटमा अजितले अर्को गोल थपे।
७९औं मिनेटमा सञ्जीवले गोल गर्दै ब्याइजलाई फर्काउने प्रयास गरे पनि सफल हुन सकेनन्।
जितसँगै भगवतीले १२ खेलबाट २६ अंक पुर्यायो। ब्याइज भने दोस्रो डिभिजनमै रहने पक्का भएको छ। उसको समान खेलबाट १९ अंक छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |