← समाचारमा फर्कनुस्
Cricket Oct 08, 2026 · Swadesh

श्री एयरलाइन्स बन्यो सुदूरपश्चिम रोयल्सको डोमेस्टिक एयरलाइन्स पार्टनर

श्री एयरलाइन्स बन्यो सुदूरपश्चिम रोयल्सको डोमेस्टिक एयरलाइन्स पार्टनर

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले श्री एयरलाइन्सलाई आफ्नो डोमेस्टिक एयरलाइन्स पार्टनरका रूपमा अनुबन्ध गरेको छ।

साझेदारी अन्तर्गत श्री एयरलाइन्सले एनपीएल सिजनभर सुदूरपश्चिम रोयल्सका खेलाडी तथा टोली व्यवस्थापनको घरेलु हवाई यात्रालाई सहज बनाउन सहयोग गर्नेछ।

श्री एयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको विकासमा आफ्नोतर्फबाट योगदान गर्न पाउनु गर्वको विषय भएको बताए।

'सुदूरपश्चिम रोयल्ससँग डोमेस्टिक एयरलाइन्स पार्टनरका रूपमा जोडिन पाउँदा हामी निकै खुसी छौँ। नेपाली क्रिकेटको उत्थानशील यात्रामा आफ्नोतर्फबाट योगदान गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो। एनपीएल सिजनभर सुदूरपश्चिम टोलीका खेलाडी तथा व्यवस्थापनको घरेलु यात्रालाई सहज बनाउँदै उहाँहरूको यात्राको एक हिस्सा बन्ने अवसर पाएका छौँ। सुदूरपश्चिम रोयल्सलाई मैदानमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै नेपाली क्रिकेटसँगै अघि बढ्ने यस सहकार्यमा हामी उत्साहित छौँ' मानन्धरले भने।

यस्तै सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले श्री एयरलाइन्ससँगको साझेदारीले टोलीलाई अझ सहज वातावरण बनाउने उल्लेख गरे । 

'श्री एयरलाइन्सजस्तो नेपाली हवाई सेवा प्रदायकसँग डोमेस्टिक एयरलाइन्स पार्टनरका रूपमा सहकार्य गर्न पाउँदा हामी खुसी छौं। एनपीएलको व्यस्त तालिकामा खेलाडी तथा टोली व्यवस्थापनको यात्रा सहज र व्यवस्थित हुनु निकै महत्वपूर्ण हुन्छ। श्री एयरलाइन्सको साथले हाम्रो टोलीको यात्रालाई थप सहज बनाउने विश्वास लिएका छौं। नेपाली क्रिकेटको विकाससँगै नेपाली व्यवसाय र खेलकुद क्षेत्रबीचको सहकार्यलाई अघि बढाउन यो साझेदारीले महत्वपूर्ण भूमिका खेल्नेछ' खड्काले भने ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →