← समाचारमा फर्कनुस्
सेभियासँग हारेपछि बार्सिलोनाको दोस्रोमै

डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले आइतबार स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । उसलाई सेभियाले ४–१ ले पराजित गरेको हो । नयाँ सिजन लिगमा बार्सिलोनाको यो पहिलो हार हो ।
सेभियाका लागि एलेक्स सान्चेज, इभान रोमेरो, जोसे कारमोना र एकोर एडम्सले गोल गरे । मार्कस रसफोर्डले बार्सिलोनाका लागि एक गोल फर्काए । रियल म्याड्रिड २१ अंकमा शीर्ष छ भने बार्सिलोना १९ अंकमा सीमित रह्यो ।
यस्तै एटलेटिको म्याड्रिड सेल्टा भिगोसँग १–१ को बराबरीमा रोकिएको छ । एटलेटिकोको १३ अंक भएको छ र पाँचौं स्थानमा रहेको छ । अन्य खेलमा रियल बेटिसले इस्पनयोललाई २–१ ले हरायो । बेटिस १५ अंकमा चौथो स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |