← समाचारमा फर्कनुस्
Football Apr 16, 2026 · Swadesh

सेमिफाइलन समीकरण पूरा

सेमिफाइलन समीकरण पूरा

युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण बुधबार पूरा भएको छ । त्यस अनुसार पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बायर्न म्युनिकको सामना गर्नेछ । अर्को सेमिफाइनलमा एटलेटिको म्याड्रिड र आर्सनल भिड्ने छन् ।


लयमा रहेको बायर्नले एलिनाज एरेनामा भएको क्वाटरफाइनल दोस्रो लेगको खेलमा नौ खेलाडीमा सीमित रियल म्याड्रिडलाई ४–३ ले हरायो र समग्रमा ६–४ को निर्णायक अग्रता लियो । बायर्न पहिलो लेगमा २–१ले विजयी रहेको थियो । 


अर्को क्वाटरफाइनल दोस्रो लेगमा आर्सनलले स्पोर्टिङ लिस्वनलाई इमिरेट्समा गोलरहित बराबरीमा रोक्दै समग्रमा १–० को अग्रता लियो । पहिलो लेगमा आर्सनलले १–० को अग्रता लिएको थियो र अन्ततः त्यही निर्णायक सावित भयो । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →