← समाचारमा फर्कनुस्
Football Oct 21, 2025 · Swadesh

डाइच फरेस्टका नयाँ प्रशिक्षक

डाइच फरेस्टका नयाँ प्रशिक्षक
इंग्लिस प्रिमियर लिग क्लब नटिङघम फरेस्टले मंगलबार आफ्नो प्रशिक्षकमा सान डाइच नियुक्त गरेको छ । यो सिजन फरेस्टका उनी तेस्रो प्रशिक्षक हुनेछन् ।

फरेस्ट र ५४ वर्षीय प्रशिक्षकबीच सन् २०२७ को मध्यसम्मका लागि अनुबन्ध भएको छ । यस अगाडि फरेस्टले नुनो स्पिरिटो सान्टु र एन्गे पोस्टेकोग्लुलाई वर्खास्त गरेको थियो । 

खराब सुरुआत गरेको फरेस्ट लिगमा आठ खेलबाट पाँच अंकमा १८ औं स्थानमा छ । अब डाइचको नेतृत्वमा फरेस्टले युरोप लिगमा पोर्टोको बिहीबार घरेलु मैदानमा सामना गर्नेछ । 

यस्तै प्रिमियर लिगमा आइतबार बर्नमाउथको भ्रमणमा निस्कनेछ । 
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →