LIVE
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 14, 2026 · Swadesh

स्कटल्यान्ड समूह सी को शीर्षमा

स्कटल्यान्ड समूह सी को शीर्षमा

जोन म्याकगिननको निर्णायक गोलको मतले स्कटल्यान्डले विश्वकप २०२६ मा आइतबार हाइटीलाई १–० ले हराएको छ । यो जितपछि स्कटल्यान्डको तीन अंक भएको छ र टिम समूह सी को शीर्ष स्थानमा उक्लेको छ ।

यो समूहको पहिलो खेलमा ब्राजिल तथा मोरक्कोले बराबरी खेलेका थिए । उनीहरू एक एक अंकमा रहे । यो जितले स्कटल्यान्डको नकआउट चरण पुग्ने सम्भावना बलियो भएको छ ।

बोस्टन स्टेडियममा म्याकगिननले २८ औं मिनेटमा गोल गरेका हुन् । विश्वकपमा २८ वर्षयता पहिलो पटक खेलिरहेको स्कटल्यान्डका लागि स्कट म्याक टोमनीले १७ औं मिनेटमा गरेको प्रहार पोस्टमा लागेर फर्केको थियो ।

यसपल्टको विश्वकपमा स्कटल्यान्ड जित हात पार्ने पहिलो युरोपेली देश पनि भएको छ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group D
1 United States 1 3
2 Australia 1 1
2 Turkey 1 1
4 Paraguay 1 0
सबै समूह →