← समाचारमा फर्कनुस्
साउदी प्रो लिग : अल नासरको विजयी यात्रा जारी

काठमाडौं। साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासरले आफ्नाे विजयी यात्रा जारी राखेकाे छ।
शनिबार राति सम्पन्न आठौ साताको खेलमा अल नासरले नेओम एससीलाई ३-१ गोल अन्तरले पराजित गर्दै लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको हो।
नासरको जितमा एंगेलो गाब्रियल, क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले एक एक गोल गरे। त्यस्तै नेओमका लागि एक गोल अहमद अबडो जाबेरले गरे। यस खेलमा लुसियानो रोड्रीगेजले खेलको ५६औं मिनेटमा रातो कार्ड पाएपछि नेओम १० खेलाडीमा सिमित भएको थियो।
जितसँगै अल नासरले आठ खेलबाट २४ अंक जोडेर शीर्ष स्थानमा कायम रहेको छ। नेओमको समान खेलबट १३ अंकसहित सातौं स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |