साउदी सुपर कप हङकङमा आयोजना हुन, रोनाल्डो खेल्ने पक्का

यस वर्षको साउदी सुपर कप हङकङमा आयोजना हुने भएको छ। अगस्ट १९ देखि २३ सम्म हुने यस प्रतियोगितामा अल-इत्तेहाद, अल-कादिसिया, अल-हिलाल र अल-नासर रहेको छ। यस प्रतियोगीता ४०,००० सिट क्षमता भएको हङकङ रंगशालामा हुने तय भएको छ। नेपालले यसै रंगशालामा हङकङ संग मैत्रीपुर्ण खेल खेलेको थियो।
प्रतियोगिता अगस्ट १९ मा क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासर र लिग विजेता अल-इत्तेहाद बीच पहिलो सेमिफाइनल भिडन्तबाट सुरु हुनेछ। भोलिपल्ट दोस्रो सेमिफाइनलमा अल-हिलालले अल-कादसियाहको सामना गर्नेछ। विजयी टोलीहरू अगस्ट २३ फाईनल खेल खेल्नेछन्।
यस प्रतियोगीताले हङकङ फुटबल दर्शकमाझ नयाँ लहर ल्याउने आयोजकले आशा गरेका छन् । यस सुपरकपमा रोनाल्डो लगायत अन्य अन्तर्राष्ट्रिय खेलाडीहरू जसमा करिम बेन्जेमा (अल-इत्तेहाद) र रुबेन नेभेस (अल-हिलाल) खेल्ने पक्का भएको छ ।
गत साल ४ फेबुअरी २०२४ मा लियोनेल मेस्सी आबद्ध क्लब इन्टर मियामी र हङकङ XI बिच मैत्रीपूर्ण खेलहुदा मेस्सी घाईते भएको भनेर बेन्चमा नै राखेको थियो भने त्यसको दुई दिन पछि जापान संग खेलाउदा हङकङका फ्यानहरूले हङकङमा नखेलाएको भन्दै विरोध गरेको थियो । रिसाएको फ्यानहरूले पैसा फिर्ताको समेतमाग गरेको थियो र केहि रकम आयोजकले फिर्ता दिनु परेको थियो। यस घटनाले अर्जेन्टिना र चाईना बिच तय गरेको दुईवटा मैत्रीपूर्ण खेल पनि रद्द गर्नु परेको थियो।
साउदी सुपर कप हङकङ तालिका:
अगस्ट १९: अल नासर विरुद्ध अल-इत्तेहाद (सेमिफाइनल)
अगस्ट २०: अल-हिलाल विरुद्ध अल-कादसिया (सेमिफाइनल)
अगस्ट २३: फाइनल
सबै खेलहरू नेपाली समय अनुसार ५ः४५ बजे हुने छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |