← समाचारमा फर्कनुस्
Football Aug 06, 2025 · Swadesh

साउदीको पोस्टमा कोरियाको १५ गोल

साउदीको पोस्टमा कोरियाको १५ गोल

काठमाडौं। उत्तर कोरियाले भुटानमा जारी ‘एएफसी यु–२० एसियन कप छनोट’मा सानदार सुरुआत गरेको छ ।


भुटानकाे राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशलामा बुधबार सम्पन्न समूह ‘ए’को पहिलो खेलमा उत्तर कोरियाले कमजोर टोली साउदी अरेबियामाथि १५-० को फराकिलो जित दर्ता गरेकाे हाे।


पहिलो हाफमा ९ गोलको अग्रता लिएको कोरियाले दोस्रो हाफमा थप ६ गोल गर्न सफल भयाे।


यो जितसँगै पहिलो खेलबाट कोरियाले तीन अंक जोड्न सफल भएकाे छ। साउदीले भने हारबाट प्रतियाेगिताकाे सुरुआत गरेकाे छ।


यस्तै, छनोट प्रतियोगितामा सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। सिंगल राउन्ड रोविन पद्धतिको प्रतिस्पर्धापछि समूहको शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष थाइल्यान्डमा हुने यु–२० एसियन कपको १२औं संस्करणमा स्थान बनाउने छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →