TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Martial Arts Jul 06, 2026 · Swadesh

सरिनालाई युकेमा स्वर्ण

सरिनालाई युकेमा स्वर्ण

काठमाडौं असार २२ गते ।
नेपाली उमा कुङफु खेलाडी सरिना घलेले डब्लुएमएसी ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । सरिनाले महिला क्रिएटिभ फमअन्तर्गत १८ वर्षमाथि मिक्स बेल्टमा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन् ।
युकेको वोर्चेस्टरमा भएको प्रतियोगिताको उक्त स्पर्धामा सरिनाले २२.९ अंक जोडिन् । उनकी निकटत्तम प्रतिद्वन्द्वी इङल्यान्डकी अमेलिया पार्किनले २२.८ स्कोर गरिन् ।

करिब २ वर्षअघि अध्ययनको सिलसिलामा युके गएकी सरिनाले त्यहाँ अध्ययनसंगै खेललाई निरन्तर दिइरहेकी छन् । सरिनाले मास्टर्स अफ साइन्स इन डिजिटल मार्केटिङ पूरा गरिसकेकी छन् । सरिनाले लन्डन म्याराथनसहित विभिन्न दौडमा पनि सहभागिता जनाएको अध्यक्ष राईले जानकारी दिए ।

सरिनाले अस्ट्रियामा सेप्टेम्बरमा हुने डब्लुएमएसी वल्र्ड च्याम्पियनसिप– २०२६ मा सहभागिताका लागि तयारी गरिरहेको अध्यक्ष राईले बताए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group H
1 Spain 3 7
2 Cape Verde Islands 3 3
3 Uruguay 3 2
4 Saudi Arabia 3 2
सबै समूह →