← समाचारमा फर्कनुस्
Football Jan 17, 2025 · Swadesh

सरस्वतीले थाल्यो ‘बी’ डिभिजनको तयारी, पहिलो चरणको छनोट सम्पन्न

सरस्वतीले थाल्यो ‘बी’ डिभिजनको तयारी, पहिलो चरणको छनोट सम्पन्न

काठमाडौ। पुन: शीर्ष डिभिजिनमा उक्लने लक्ष्य बुनेको सरस्वती युथ क्लब, कोटेश्वरले ‘बी’ डिभिजन लिगको तयारी थालेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना हुने लिग आगामी फागुन २५ गतेदेखि सुरु हुने तय छ। सरस्वती २०७६ सालमा रेलिगेसनमा पर्दै शीर्ष डिभिजनबाट घटुवा भएको थियो। २०७८ सालमा सिंगल राउन्ड रोबिनमा भएको ‘बी’ डिभिजन लिगमा सहभागिता जनाए पनि सरस्वती छैटौं स्थानबाट माथि उक्लिन सकेन। 

यसपल्ट शीर्ष दुईमा अटाउने लक्ष्य बोकेको सरस्वतीले बिहीबार कागेश्वरी मनोहरा ७, थापा गाउँस्थित अमरसिंह क्लब सोमतिर्थ खेल मैदानमा खुला छनोटमार्फत पहिलो चरणमा करिब ३० खेलाडी छनोट गरेको छ। सरस्वतीका टेक्निकल स्टाफ तथा फुटबल विश्लेषक नसिम सुल्तानका अनुसार एक सातासम्म चलेको छनोट प्रक्रियामा यी खेलाडी छनोट भएका हुन्।

‘हामीले करिब एक साताको प्रशिक्षणबाट धेरै सम्भावनाशील खेलाडीहरू पाएका छौं। अब दुई दिनको ब्रेकपछि अन्तिम चरणको बन्द प्रशिक्षणमा जानेछौं। यो प्रशिक्षणपछि बी डिभिजनको तयारीका लागि काठमाडौं उपत्यका बाहिर मोफसलका प्रतियोगितामा पनि सहभागी हुने योजना छ,’ उनले भने।

पहिलो दिन क्लबले भक्तपुरको रोयल नेपाल फुटसल, दिव्यश्वरी (प्लानिङ) मा फिटनेस, स्पीडलगायत अन्य शारीरिक प्रशिक्षण सत्र सञ्चालन भएको थियो। त्यसपछि सोमतिर्थ खेल मैदानमा ६ दिनसम्म १५ देखि २८ वर्ष उमेर समूहका खेलाडीहरूको प्रशिक्षण लिइएको हो।

दोस्रो दिनको प्रशिक्षणमा टेक्निकल टेस्ट, ट्याक्टिकल र गेम मोडल समावेश गरिएको थियो। पहिलो चरणमा १०० भन्दा बढी खेलाडीहरूले आफ्नो नाम दर्ता गराएका थिए।

टेक्निकल स्टाफ असीम अर्यालले सानोदेखि केही अनुभवी उमेर समूहका खेलाडीले पहिलो चरणको छनोटमा उत्साहजनक सहभागिता जनाएको बताए। उनी पाना नेपालका संस्थापक तथा स्ट्रिट फुटबलका ‘थ्री भी थ्री’ प्रशिक्षक पनि हुन्। ‘हामीले नयाँ टिम हुँदा पनि राम्रोसँग काम गर्न पाएका छौं। अहिले पहिलो चरणको छनोट सकिएको छ। अब दोस्रो चरणमा केही खेलाडी घटाएर पूर्ण रुपमा बी डिभिजन लिगमा केन्द्रित हुन्छौं,’ उनले भने।

यस्तै, सरस्वती क्लबका अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वम्यानेजर उत्तमराज भण्डारीले प्रि–सिजनका लागि मोफसलका प्रतियोगितामा सहभागी हुने बताए। ‘यो सरस्वती क्लबको ट्यालेन्ट डेभलप्मेन्ट प्रोग्रामको एउटा क्षेत्र हो। आगामी दिनमा यस्तै अन्य कार्यक्रम पनि क्लबले गर्नेछ,’ उनले भने।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →