सरस्वतीको विजयी सुरुआत

काठमाडौं। सरस्वती युथ क्लबले शहिद स्मारक ‘बी’ डिभिजन लिगमा सुखद् सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा सरस्वतीले बाँसबारी क्लबलाई २–१ ले हराएको हो।
सरस्वतीको जितमा सबिन लुङ्गेली मगर र धिरेन्द्र बहादुर शाहले गोल गरे। बाँसबारीका विक्की राईले गरेको गोल सान्त्वना रह्यो।
३३औं मिनेटमा कप्तान शक्ती राईले मैदानको बिच भागबाट दिएको बलमा रन बनाउँदै सविनले अपर बारबाट गोल गरेका थिए।
५१औं मिनेटमा धिरेन्द्रले अग्रता दोब्बर बनाए। आफ्नै खेलाडीले दिएको बललाई बाँसबारीका गोलकिपरले क्लियर गर्न ढिला गरेका थिए। सोही मौकाको सदुपयोग गर्दै धिरेन्द्रले बल खोस्दै सहजै गोल गरे।
इन्जुरी समयमा बाँसबारीका विक्कीले गोल फर्काए पनि पर्याप्त रहे।
जितसँगै सरस्वतीले तीन अंक जोडेर प्रतियोगितामा सुखद सुरुआत गरेको छ भने बाँसबारीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |