← समाचारमा फर्कनुस्
Football Sep 21, 2024 · Swadesh

संकटाको सहज जित

संकटाको सहज जित

काठमाडौं । संकटा फुटबल क्लबले एन्फा महिला लिगमा सहज जित हासिल गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाले सुदूरपश्चिम प्रदेशमाथि ६–० को फराकिलो जित निकालेको छ।

संकटाको जितमा टिमीलोपे जेनिफरले चार, ममता पुन र पूर्णिमा हमालले समान एक एक गोल गरिन्।

जितसँगै सात खेलमा आठ अंक जोडेको संकटा छैटौं स्थानमा उक्लिएको छ। सातै खेलमा पराजित सुदूरपश्चिम विना अंक पुछारमा छ।

खेलको दोस्रो मिनेटमै जेनिफरको गोलमार्फत संकटाले अग्रता लिएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →