← समाचारमा फर्कनुस्
संकटाको कठिन जित

काठमाडौं। संकटा फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिग छनोटमा कठिन जित दर्ता गरेकाे छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बिहीबार सम्पन्न दिनकाे दाेस्राे खेलमा संकटाले नेपाल खेलकुद क्लबलाई १–० ले हरायो।
संकटाकाे जितमा दोस्रो हाफमा यशोदा शाहीले गरेकाे गोल निर्णायक बन्याे। १४ टोली सहभागी रहेकाे छनाेटमा उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन्।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ। दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्ले अफ खेल मार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ।
यस भएकाे पहिलाे तथा उद्घाटन खेलमा छहारी युवा क्लबले एफसी रिएलेलाई ३–० ले हराएकाे थियाे।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |