TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Apr 01, 2026 · Swadesh

सन्दीपको ७ विकेटमा बागमतीको शानदार जित

सन्दीपको ७ विकेटमा बागमतीको शानदार जित

काठमाडाैं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ६० रनले पराजित गरेको छ।


रामजानकी बहुउद्देश्यीय रंगशालामा बुधबार सम्पन्न खेलमा बागमतीले दिएको १८१ रनको लक्ष्य पछ्याएको कर्णाली २५.१ ओभरमै १२० रनमा समेटियो।


कर्णालीका लागि निश्चल रावलले सर्वाधिक ३१ रन बनाए भने दिनेश अधिकारीले २२ रन जोडे। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।


बागमतीका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै एक्लै ७ विकेट लिए। उनले कर्णालीको मध्य र तल्लोक्रम ध्वस्त पार्दै खेल एकतर्फी बनाएका थिए।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमती ३८.४ ओभरमा १८० रनमा अलआउट भएको थियो। टोलीका लागि विवेक मगरले ५६ रन बनाउँदै अर्धशतक प्रहार गरे। उनले ८० बलमा २ चौका र ४ छक्का प्रहार गरे।


शीर्षक्रममा शिवम तिवारी १८, शुभ कंसाकार २०, पवन थापा २२ र इशान पाण्डे २७ ले राम्रो सुरुआत दिलाए पनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्न सकेनन्। कप्तान सन्दीप लामिछाने २ रनमै रनआउट भएका थिए।


कर्णालीका दिवान पुनले ३ विकेट लिँदा प्रकाश जैसी, दिपेन्द्र रावत र निश्छल रावलले समान २–२ विकेट लिए। जितसँगै बागमतीले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →