← समाचारमा फर्कनुस्
Cricket Jul 01, 2026 · Swadesh

युरोपियन टी–२० प्रिमियर लिगमा सन्दीप, जोन्टी रोड्सको टोलीबाट खेल्ने

युरोपियन टी–२० प्रिमियर लिगमा सन्दीप, जोन्टी रोड्सको टोलीबाट खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्स सहमालिक रहेको टोलीबाट युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) खेल्ने भएका छन्।

मंगलबार रोड्स सहमालिक रहेको रोटरडम डकर्स ले सन्दीपलाई आफ्नो टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो। डकर्सका अर्का सहमालिक दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस रहेका छन्।

सन्दीपले सामाजिक सञ्जालमार्फत पहिलो संस्करणको ईटीपीएलमा रोटरडम डकर्सको प्रतिनिधित्व गर्न पाउँदा आफू सम्मानित र उत्साहित भएको बताएका छन्। उनले नयाँ चुनौतीका लागि आतुर रहेको पनि उल्लेख गरेका छन्।

ईटीपीएलको पहिलो संस्करण अगस्ट २६ देखि सेप्टेम्बर २० सम्म सञ्चालन हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →