← समाचारमा फर्कनुस्
Football Nov 19, 2024 · Swadesh

नेसन्स लिगमा सान मारिनोको नयाँ इतिहास

नेसन्स लिगमा सान मारिनोको नयाँ इतिहास

काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा कमजोर मानिएको टोली सान मारिनोले युइएफए नेसन्स लिगमा नयाँ इतिहास बनाएको छ।

सोमबार राति भएको खेलमा ऐतिहासिक प्रदर्शन गर्दै लिकटेन्स्टाइनलाई ३–१ ले पराजित गरेपछि नेशन्स लिगको (लिग सी) मा प्रवेश गरेको छ। यो सान मारिनोको दोस्रो जित हो। सान मारिनो एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै ऐतिहासिक सफलता हासिल ग¥यो। 

भाडुजस्थित राइनपार्क स्टेडियममा पहिलो हाफमा १–० ले पछि परेको अवस्थामा दोस्रो हाफमा लोरेंजो लाजारी, अलेस्सान्ड्रो गोलिनुचिको गोल र निकोला नानीको पेनाल्टीको मद्दतले सान मारिनोले अप्रत्याशित जित दर्ता गरेको हो। 

सान मारिनोले यसअघि सेप्टेम्बरमा लिकटेन्स्टाइनविरुद्ध आफ्नो पहिलो जित हासिल गरेको थियो। यो नतिजासँगै समूह डी–१ को शीर्ष स्थानमा रहँदै लिग सी मा सान मारिनो उक्लिएको हो। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →