← समाचारमा फर्कनुस्
Football Oct 28, 2025 · Swadesh

सावित्रा, अन्जिला र प्रीतिले भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल गुमाउने

सावित्रा, अन्जिला र प्रीतिले भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल गुमाउने

काठमाडौं। स्ट्राइकर सावित्रा भण्डारी साम्बासँगै गोलकिपर अन्जिला तुम्बापो सुब्बा र मिडफिल्डर प्रीति राईले भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल गुमाउने भएकी छन्।


नेपालले बुधबार भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ। तर, फिफा विन्डोमा दुई खेलले मात्रै अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछ। नेपाल पहिलो खेलमा इरानसँग ३–० ले पराजित भएको थियो। दोस्रो खेलमा भने भारतलाई २–१ ले पाखा लगाएको थियो। उक्त जितमा साम्बाले नै दुवै गोल गरेकी हुन्।


अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार बुधबार हुने खेल अनौपचारिक रहने छ। त्यसैले साम्बा अस्ट्रेलिया फर्किएकी छन्। उनले सामाजिक सञ्जालमार्फत अन्तिम खेलका लागि टोलीलाई शुभकामनासमेत दिइसकेकी छन्।


यस्तै प्रीति पनि भारतबाट जोर्डन प्रस्थान गर्नेछिन्। उनी अल–इत्तिहाद क्लबमा अनुबन्ध छिन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →