← समाचारमा फर्कनुस्
Football Nov 06, 2024 · Swadesh

‘साम्बा’ र मणिविक्रम शाहको चित्र काठमाडौँको भित्तामा

‘साम्बा’ र मणिविक्रम शाहको चित्र काठमाडौँको भित्तामा

काठमाडौं । फुटपाथको भित्तामा नेपाली राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ र नेपाली ‘म्यारोडोना’ भनेर चिनिने मणिविक्रम शाहको चित्र बनाइएको छ। 

मौलिक तथा प्राचीन महत्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने कामलाई काठमाडौँ महानगरपालिकाले पुनः सुचारु गरेको हो।

ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखनलाई निरन्तरता दिइएको छ। यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो। 

यस्तै पहिलो चरणमा सुन्धारा, नयाँ बानेश्वर, प्रदर्शनी मार्गका भित्ताहरू लगायतका काम सम्पन्न भएका छन्। अहिले कोटेश्वर सरस्वती पार्कमा विभिन्न फुटबल र फुटबलसँग सम्बन्धित व्यक्तिहरूको चित्र बनाउने कार्य भइरहेको छ। 



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →