TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Mar 25, 2026 · Swadesh

लिभरपुलको घोषणा, सलाहले क्लब छाड्ने

लिभरपुलको घोषणा, सलाहले क्लब छाड्ने

लिभरपुलका लागि दुई प्रिमियर लिग, च्याम्पियन्स लिग, फिफा क्लब वर्ल्डकप, यूईएफ सुपरकप, एफएकप र दुई लिगकप उपाधि जितेका मोहमद सलाहले यो सिजनको अन्त्यमा क्लब छाड्ने भएका छन् । क्लबले मंगलबार यसको घोषणा गरेको हो ।


यससँगै लिभरपुलमा उनको सफल नौ वर्षको बसाईमा टुंगिनेछ । यसक्रममा उनी विश्व फुटबलकै सबैभन्दा सफल खेलाडी बने । । अहिलेसम्म उनले लिभरपुलका लायग ४ सय ३५ खेल खेलेर २ सय ५५ गोल गरेका छन् ।


सलाहले प्रिमियर लिगमा चेल्सीबाट पनि खेले, तर त्यहाँ उनको बसाई सफल भने रहेन् । सन् २०१७ मा ३३ वर्षीय इजिप्टको स्टार खेलाडी इटालीको रोमाबाट एनफिल्ड आएका थिए । त्यति बेला उनलाई लिभरपुलले तीन करोड ४० लाख पाउन्ड तिरेको थियो ।


सलाहले सन् २०२५ मा लिभरपुलसँग दुई वर्षको अनुबन्ध गरेका थिए । तर अब दुई पक्षबीचको सहमती अनुसार फ्रि ट्रान्सफरमा क्लब छाड्ने छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →