← समाचारमा फर्कनुस्
Football Nov 02, 2025 · Swadesh

सलाहको २ सय ५० औं गोल

सलाहको २ सय ५० औं गोल

मोहमद सलाहले गरेको २ सय ५० औं गोलको मदतले लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार राति एस्टन भिल्लालाई २–० ले हराएको छ । यसअघि लिरभपुल सबै खाले प्रतियोगिताका सातमध्ये छ खेलमा पराजित रहेको थियो । एनफिल्डमा भएको खेलमा सलाहसँगै रायन ग्राभेनबेचले गोल गरे । 


राहतपूर्ण यो जितपछि लिरभपुलको दस खेलबाट १८ अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ । आर्सनल भने १० खेलबाट २५ अंकमा शीर्ष स्थानमा छ र उपाधिका लागि बलियो प्रत्यासी बनेको छ । आर्सनलले त्यस अगाडिको खेलमा बर्नलीलाई सजिलै २–० ले पराजित गरेको थियो । 


शनिबारका अन्य खेलमा चेल्सीले टोटनहमलाई १–० ले हरायो । यस्तै फुलहमले उल्भ्सलाई ३–० र क्रिस्टल प्यालेसले ब्रेन्टफोर्डलाई २–० ले पराजित गर्‍यो । नटिङघम फरेस्टले भने म्यानचेस्टर युनाइटेडलाई रोमाञ्चक २–२ कोबराबरीमा रोक्यो । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →