← समाचारमा फर्कनुस्
Football Nov 24, 2024 · Swadesh

सागरको ह्याट्रिकमा खुमलटार र सन्तोषको ह्याट्रिकमा एनआरटी विजयी

सागरको ह्याट्रिकमा खुमलटार र सन्तोषको ह्याट्रिकमा एनआरटी विजयी

काठमाडौं । सागर तामाङको ह्याट्रिकप्रेरित एफसी खुमलटारले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा साज जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको दिनको दोस्रो खेलमा सातदोबाटो युथ क्लबविरुद्ध खुमलटारले ५–२ को सहज हासिल गरेको हो।

खुलटारको जितमा सागर ह्याट्रिक गर्दा एलिक श्रेष्ठ र धिरज तामाङको नाममा समान एक गोल रह्यो। यता सातोबाटोका लागि लक्की लामा र समृद्ध बोहराले गरेको गोल सान्त्वना बन्यो।

खेलको चौथो मिनेटमै एलिकको गोलमार्फत खुमलटारले अग्रता लिएको थियो। दुई मिनेटपछि सागरले टोलीको अग्रता दोब्बर बनाए।

त्यसअघि दिनको पहिलो खेलमा सन्तोष गोङ्बाको ह्याट्रिक गोलमा न्यु रोड टिम (एनआरटी)ले सहज जित हासिल गरेको थियो। 

एनआरटीले चर्च ब्वाइज युनाइटेडमाथि ३–० को सहज जित हासिल गरेको हो।

सन्तोषले एनआरटीको लागि पहिलो हाफमै ह्याट्रिक गरेका थिए। उनले खेलको १७, २२ र २९औँ मिनेटमा गोल गरे।

यो जितसँगै एनआरटी १२ खेलबाट २५ अंक जोड्दै दोस्रो स्थानमा यथावत छ। पराजित चर्च ब्वाइज १२ खेलमा १४ अंक जोड्दै नवौं स्थानमा कायम छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →