← समाचारमा फर्कनुस्
साफ यु–१७ च्याम्पियनसिप : उद्घाटन नेपाल र श्रीलंका भिड्ने

काठमाडौं। साफ यु–१७ च्याम्पियनसिपकाे उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्ने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार यी दुई टोली भिड्ने भएका हुन्।
यी दुई टोली साबिक उपविजेता बंगलादेशसँगै समूह ‘ए’ मा छ। यी दुईबीचको खेल सेप्टेम्बर १५ मा हुनेछ।
नेपालले दोस्रो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने छ। हरेक समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। अर्को समूहमा साबिक विजेता भारतसँगै भुटान, माल्दिभ्स र पाकिस्तान छन्।
नेपालले यो उमेरसमूहमा अहिलेसम्म उपाधि जित्न सकेको छैन। नेपाल सन् २०१३, २०१७, २०१९ र २०२२ मा उपविजेता बनेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |