← समाचारमा फर्कनुस्
Football Aug 14, 2025 · Swadesh

साफ यु–१७ च्याम्पियनसिपको लागि ४५ खेलाडी बन्द प्रशिक्षणमा

साफ यु–१७ च्याम्पियनसिपको लागि ४५ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रीलंकामा आयाेजना हुने (साफ) यु-१७ च्याम्पियनसिपका लागि ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।


एन्फाले बुधबार बन्द प्रशिक्षणमा रहेका खेलाडीको नाम सार्वजनिक गर्दै उनीहरूलाई भदौ १ गते मोरङको विराटचोकस्थित नेपालीरिका होटलमा आइपुग्न अनुरोध गरेको छ ।


साफ सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकामा हुँदैछ। समूह ‘ए’ मा नेपाल, श्रीलंका र बंगलादेश तथा समूह ‘बी’ मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स छन्।


नेपालले सेप्टेम्बर १५ मा घरेलु टोली श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। 


बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी 

अभिषेक राई, आदित्य राना मगर, अजय दोर्जी, अञ्जन झा, अनमोल कार्की, अनोज खड्का, भविश्य शाह, भूपेश लामा, भुवन कामी, विनायक थारु, विशेष बानियाँ, चन्द्र हाङ, दिग विजय शाही, धिरज रावल, दिपेन कार्की, दिपसन गुरु कृष्ण विष्णु परियार, कृष्णा लामा, कृष्णबहादुर लामा, विनायक थारु । थामी, मनिष राखाल, मौसम रोकाया, नसिब हेन्जन, निशकुमार श्रेष्ठ, निश्चल मगर, पेम्बा नोर्बु भोटे, पेम्बा तामाङ, प्रशान्त लिम्बु, प्रशान्त मोक्तान, प्रतिश थापा, राम बोहरा, राम थामी, रुपेश भुजेल, समर्पण सुनार, समीर कुमार, संजोग हेमरान, सरोज बराइली, सृजन श्रेष्ठ, सुशन मगर, सुशान्त राणा, सुजल स्याङ्तान, सुनिल मगर, योहान लिम्बु, युनिश बस्नेत

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →