← समाचारमा फर्कनुस्
साफ च्याम्पियनसिप अब ‘होम अर अवे’ फर्माटमा

काठमाडौं। दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनसिप ‘होम अर अवे’ पद्धतिमा हुने भएको छ।
काठमाडौंमा बुधबार बसेको साफ कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले च्याम्पियनसिप यही जुन १५ देखि जुलाई २५ सम्म आयोजना गर्ने तय पनि गरेको छ।
यसैगरी प्रतियोगिता अब प्रत्येक दुई वर्षमा हुने भएको छ। ‘हामी च्याम्पियनसिपलाई होम अर अवे पद्धतिमा आयोजना गर्ने प्रयासमा छौं। तर, कुनै समस्या आएमा यस वर्ष भने प्रतियोगिता विगतको जस्तै हुनेछ,’ साफका महासचिव अनवरुल हकले बैठकपछि भने।
हालसम्म च्याम्पियनसिपको १४ संस्करण सम्पन्न भइसकेका छन्। तर कुनै पनि ‘होम अर अवे’ पद्धतिमा भएका छैनन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |