TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 22, 2025 · Swadesh

साफ फुटसल च्याम्पियनसिप : नेपाली पुरुष र महिला टोलीको घोषणा

साफ फुटसल च्याम्पियनसिप : नेपाली पुरुष र महिला टोलीको घोषणा

काठमाडौँ। थाइल्यान्डमा आयोजना हुने साफ फुटसल च्याम्पियनसिपको पहिलो संस्करणका लागि नेपालको पुरुष तथा महिला दुवै टोली घोषणा भएको छ।


अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार पुरुष र महिला टोलीको १४ सदस्यीय सार्वजनिक गरेको हो।


पुरुष टोलीका मुख्य प्रशिक्षक अनिल बहादुर गुरुङ र महिला राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक विक्रम महर्जनले छनोट प्रक्रिया र प्रशिक्षण शिविर पूरा भएपछि आ-आफ्नो टोलीको घोषणा गरेका हुन्।


दुबै टोलीले जनवरी १३ देखि २६ सम्म थाइल्याण्डमा हुने साफ फुटसल च्याम्पियनसिप २०२६ मा नेपालको प्रतिनिधित्व गर्नेछन्।


पुरुष टोली 

अमित लामा, अशोक दर्लामी, विजय श्रेष्ठ, विक्रान्त नरसिङ राणा, विशाल सारु मगर, दिपेश श्रेष्ठ (जीके), जेनिश प्रजापति, लाक्पा तामाङ, पदम तामाङ जीके०, पेम्बा दोर्जे लामा, सान्जे स्याङ्तान, सरोज तामाङ, सुवेत लामा तामाङ, सुरज गुरुङ ।


महिला टोली

अनिता केसी, अञ्जली मचामसी, विमला चौधरी, विमला थापा, दीपा राई, जेनिफर राना, झरना डुम्राकोटी (जीके), मनिषा थापामगर, प्रतीक्षा ठकुरी, रोशनीबोहरा क्षेत्री, सावित्री किशन (जीके), सजिना कोइराला, सुनकला राई, सुष्मा तामाङ

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →