← समाचारमा फर्कनुस्
Football Dec 01, 2025 · Swadesh

साफ महिला क्लब च्याम्पियनसिप : टिकट दर तीन सयदेखि पाँच सयसम

साफ महिला क्लब च्याम्पियनसिप : टिकट दर तीन सयदेखि पाँच सयसम

काठमाडौं। मंसिर १९ देखि पुस ५ गतेसम्म काठमाडौंमा हुने दक्षिण एसियाली फुटबल संघ (साफ) महिला क्लब च्याम्पियनसिपका लागि टिकट दर सार्वजनिक गरिएको छ।


अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे विस्तृत जानकारी दिएको हो। दशरथ रंगशालामा हुने खेलका लागि साधारण प्यारापिटको टिकट तीन सय रुपैयाँ र भिआइपी सेक्टरको टिकट पाँच सय रुपैयाँ तोकिएको छ। टिकट डिजिटल वालेट ‘खल्ती’मार्फत किन्न सकिने जनाएको छ।


प्रतियोगिताको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल अधिकार सुश्री मिडिया प्रालाइलाइ प्रदान गरिएको छ। मुख्य प्रायोजकमा भात्सल्या नेचुरल आइभिएफ र सह-प्रायोजक एक्सिट्रम ड्रिङ्क्स रहेका छन्। एन्फाले सम्झौता रकम भने सार्वजनिक गरेन।


यसपटकको संस्करणमा नेपालका एपिएफ क्लब, भारतको इस्ट बंगाल, भुटानको ट्रान्सपोर्ट युनाइटेड, पाकिस्तानको कराँची सिटी र बंगलादेशको नास्रिन स्पोर्ट्स एकेडेमी सहभागी हुनेछन्। श्रीलंका र माल्दिभ्स भने अनुपस्थित रहने एन्फाले जनाएको छ।


सिंगल राउन्ड–रोबिन ढाँचामा खेलिने प्रतियोगिताबाट शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। विजेताले १० हजार र उपविजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्ने छन्। अन्य तीन टोलीले जनही दुई हजार अमेरिकी डलर पाउने एन्फाले जानकारी गराएको छ।


प्रतियोगिताको अनुमानित बजेट करिब तीन करोड ७७ लाख ७७ हजार ९० रुपैयाँ रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →