← समाचारमा फर्कनुस्
फ्रान्स फर्किइन् सावित्रा

काठमाडौं । साफ महिला च्याम्पियनसिप सकिएसँगै नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी फ्रान्स फर्किएकी छन्।
फ्रेन्च महिला शीर्ष डिभिजन लिग डिभिजन वान फिमिनिनेको क्लब एन एभेन्ट गेङगाम्पमा आबद्ध सावित्राले साफमा मात्र तीन खेल खेलिन्।
उनलाई यो साफको पहिलो खेल फिफाको विन्डोमा नरहेकोले क्लबले छाड्न अस्वीकार गरेको थियो।
त्यसैले उनले समूह चरणमा भुटानविरुद्धको खेल गुमाएकी थिइन्। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले माल्दिभ्सविरुद्धको खेलमा भने सािवत्रालाई आराम दिएका थिए।
सवित्राले समूह चरणको अन्तिम खेलमा श्रीलंका र सेमिफाइनलमा भारतविरुद्ध समान एक गोल गरेकी थिइन्।
लिगमा गेङगाम्पले आगामी आइतबार लियोनको सामना गर्दैछ।
यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको साफको फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |