← समाचारमा फर्कनुस्
Football Oct 20, 2024 · Swadesh

ग्वेन्ग्याम्पको जितमा सावित्राको गोल

ग्वेन्ग्याम्पको जितमा सावित्राको गोल

काठमाडौं । सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सेली महिला फुटबलको शीर्ष डिभिजन लिगमा गोल गरेको खेलमा अभान्ट ग्वेन्ग्याम्पले विजयी हासिल गरेको छ।

सावित्राको गोलसँगै अभान्ट ग्वेन्ग्याम्पले स्ट्रसबर्गलाई ३–२ ले पराजित गर्दै शनिबार सिजनको पहिलो जित हासिल गरेको हो। 

सावित्राले खेलको ५८औं मिनेटमा गोल गरेपछि अभान्ट ग्वेन्ग्याम्पले सुरुआती अग्रता बनाएको थियो।

त्यसको सात मिनेटभित्रै दुई गोल गर्दै पाहुना टिम स्ट्रसबर्ग २–१ ले अगाडि बढ्यो। तर, घरेलु टिमकी अगाते ओलिभियरले ६६औं गोल गर्दै खेल २–२ बनाइन्।

बराबरी उन्मुख खेलको इन्ज्युरी समयको अन्तिममा पाएको पेनाल्टीलाई लेइला पेनेउले निर्णायक गोलमा परिणत गरेपछि अभान्ट ग्वेन्ग्याम्पले ३–२ को जित निकालेको हो।

साफ च्याम्पियनसिप २०२४ खेल्न नेपाल फर्कनुअअघि उनले आफ्नो क्लबका लागि महत्वपूर्ण तीन अंक दिलाएकी हुन्। एन्फाका अनुसार सम्बा साफ महिला च्याम्पियनसिप खेल्नका लागि आइतबार स्देश फर्किदैछिन्।

उनि बिनाको नेपाली टिमले शुक्रबार भुटानविरुद्ध गोलरहित खेल्दै अंक बाँडेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →