← समाचारमा फर्कनुस्
सविताको घुँडाको शल्यक्रिया, करिब १ वर्ष पूर्ण रुपमा रेस्टमा

काठमाडौं। नेपाल राष्ट्रिय फुटबल टिमकी मिडफिल्डर सविता रानामगरको घुँडाको शल्यक्रिया गरिएको छ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० का प्रवक्ता सुरेश शाहका अनुसार मंगलबार सातदोबाटोस्थित बी एन्ड बी हस्पिटलमा उनको शल्यक्रिया गरिएको हो।
उनी करिब १ वर्ष पूर्ण रुपमा रेस्टमा जाने शाहले जानकारी दिए। गत महिना इन्डोनेसिया भएको त्रिदेशीय फुटबल प्रतियोगिताको क्रममा उनले घुँडाको चोट बोकेकी थिइन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गत शनिबार सम्पन्न साफ महिला क्लब च्याम्पियनसिपमा समेत उनी मैदान उत्रिन पाएकी थिइनन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |