← समाचारमा फर्कनुस्
सभापति कप : संकटाले चर्च ब्वाइजलाई हरायो

काठमाडौं। चर्च ब्वाइज युनाइटेडलाई हराउँदै संकटा फुटबल क्लब सभापति कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा संकटाले चर्च ब्वाइजलाई ३–० ले पराजित गरेको हो। योसँगै पराजित चर्च ब्वाइज पहिलो खेलबाट बाहिरिएको छ।
संकटालाई जित दिलाउन अबेक रिर्चडले दुई र रिचार्डले एक गोल गरे। पहिलो हाफमा १-० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप दुई गोल गर्यो।
जितसँगै संकटाले फाइनल प्रवेश गर्न मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली एपिएफ क्लबबीचको विजेतासँग खेल्ने छन्। यो खेल शुक्रबार ३ बजे हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |