सभापति कप : मच्छिन्द्र र एपीएफ खेल्दै

काठमाडौं । सभापति कप फुटबल प्रतियोगितामा शुक्रबार एक खेल हुने भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा विभागीय क्लब एपीएफ र मच्छिन्द्र क्लब आमने सामने हुने छन्।
प्रतियोगिताको खेल साझ ५:३० बजेबाट सुरु हुने छ। यसअघि दिउँसो ३ बजे सञ्चालन गर्ने भनिएको प्रतियोगिताको तालिका शुक्रबार ९आज०देखि परिमार्जन गर्दै फलर्ड लाइटमा सञ्चालन गर्ने निर्णय भएको आयोजकले जनाएको छ।
सभापति कप फुटबल प्रतियोगिता नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको हो। प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ। नकआउट आधारमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा जीत निकाल्दै संकटा क्लबले सेमिफाइनलमा स्थान बनाइसकेको छ।
विहीबार भएको उद्घाटन खेलमा संकटाले लिग च्याम्पियन चर्च ब्वाइजमाथि ३–० को प्रभावशाली जीत दर्ता गरेको थियो। आज शुक्रबार मच्छिन्द्र र एपीएफको विजेताले फाइनल प्रवेशका लागि संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ। उपाधि बिजेताले नगद २६ लाख पुरस्कार पाउँदा उप विजेता हुनेले १३ लाख पाउने छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |