← समाचारमा फर्कनुस्
एमोरिमको दाबी, युनाइटेडमा धेरै सुधार

प्रशिक्षक रुबेन एमोरिमले दाबी गरेका छन्, म्यानचेस्टर युनाइटेडमा पछिल्लो समय धेरै सुधार आएको छ । यसैक्रममा युनाइटेडले सोमबार इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित दर्ता गरेको छ ।
खराव लयमा रहेको उल्भ्सको घरमा युनाइटेड पूर्णतः हाबी रह्यो । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले २५ र ८२ औ मिनेटमा दुई गोल गरे । यस्तै ब्रायन एमबुमोले ५१ र मेसन माउन्टले ६२ औं मिनेटमा एक एक गोल गरे ।
जिन रिकनरले उल्भ्सका लागि पहिलो हाफको अन्त्यतिर एक गोल फर्काए । यो जितसँगै युनाइटेडको २५ अंक भएको छ र छैटौं स्थानमा उक्लेको छ । यो शीर्ष चारसँग एक अंकको मात्र दूरी हो र युनाइटेडले अब अर्को सिजन च्याम्पियन्स लिग खेल्नेबारे सोच्न सक्नेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women