← समाचारमा फर्कनुस्
रुवेनको नेतृत्वमा युनाइटेडको पहिलो जीत

काठमाडौं । नवनियुक्त प्रशिक्षक रुवेन एमोरिमको प्रशिक्षण्मा म्यान्चेस्टर युनाइटेडले पहिलो जित हासिल गरेको छ।
बिहीबार राति भएको युरोपियन युरोपा लिगमा युनाइटेडले बोडो ग्लिम्टलाई ३–२ ले पराजित गरेको हो।
ओल्ड ट्राफोर्डमा युनाइटेडको जीतमा रास्मुस हुजोउन्डले दुई तथा एलेजान्ड्रो गर्नाचोले एक गोल गरे। पहिलो हाफमै चार गोल भएपछि खेल निकै प्रतिस्पर्धात्मक भएको थियो।
खेलको पहिलो मिनेटमै गर्नाचोले युनाटेडलाई अग्रता बनाएका थिए।
जीतसँगै पाँच खेलबाट दोस्रो जितसहित ९ अंक जोडेको युनाइटेड १२औँ स्थानमा छ। पराजित टोली सात अंकसहित १९औं स्थानमा छ।
रुवेन आफ्नो डेब्यु खेलमा प्रिमियर लिगमा इपस्विच टावनसँग १–१ को बराबरीमा रोकिएका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |