← समाचारमा फर्कनुस्
Football Nov 01, 2024 · Swadesh

रुबेन अमोरिम म्यानचेस्टर युनाइटेडको नयाँ प्रशिक्षक

रुबेन अमोरिम म्यानचेस्टर युनाइटेडको नयाँ प्रशिक्षक

काठमाडौँ । पोर्चुगलका रुबेन अमोरिमलाई म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

सन् २०२७ सम्मका लागि म्यान्चेस्टर युनाइटेडले प्रशिक्षक बनेको आधिकारिक जानकारी दिएको हो। 

३९ बर्षिय रुबेन हाल पोर्चुगलको स्पोर्टिङ सिपीका प्रशिक्षक थिए। रुबेनले नोभेम्बर ११ देखि प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने युनाइटेडले जानकरी दिएको छ।  

जारी सिजन युनाइटेडले लगातार खराब प्रदर्शनपछि गत आइतबार आफ्ना प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेको थियो। रुबेनलाई भित्र्याउन युनाइटेडले स्पोर्टिंङसँग उनको १० मिलियन युरोको एक्जिट क्लज अनुसारको रकम तिरेको बताइएको छ। 

२०२० को मार्चदेखि स्पोर्टिङको प्रशिक्षक रहेका रुबेनले स्पोर्टिङलाई २ सिजन लिग जिताएका छन् भने कुल ५ उपाधि जिताएका छन्।

यस्तै युनाइटेडले आफ्नो वेवसाइटमा नयाँ प्रशिक्षकमा नियुक्त गरेको घोषणा गर्दै रुबेन युरोपेली फुटबलमा सबैभन्दा रोमाञ्चक र उच्च मूल्याङ्कन गरिएका युवा प्रशिक्षक भएको बताएको छ। एक खेलाडी र प्रशिक्षक दुवैको रूपमा उच्च रूपमा सजिएको छ। 

यस्तै युनाइटेडका अन्तरीम रुड भान निस्टेलरोयले रुबेन नआएसम्म टोलीको जिम्मेवारी सम्हाल्नेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →